
कोशी प्रदेश सरकारद्वारा किसानहरूको सिँचाइ समस्याबारे गम्भीर छलफल गरिएको छ। पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमि राजवंशी, सुनसरी-मोरङ सिँचाइ आयोजना प्रमुख मनोहर शाह, सुकशेना शाखा नहरका अध्यक्ष सुकदेव मेहतालगायत सरोकारवालाहरूको उपस्थितिमा छलफल सम्पन्न भएको हो।
छलफलमा किसानहरूले सिँचाइ समस्याका कारण खेतीमा आउने कठिनाइबारे जानकारी गराएका थिए। मन्त्री मण्डलले समस्याको गम्भीरता बुझ्दै यसको समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “सिँचाइ समस्या समाधान गर्न कोशी सरकार हरसम्भव प्रयास गर्दैछ,” मन्त्री मण्डलले भने।
राज्य मन्त्री राजवंशीले पनि किसानहरूको समस्यालाई प्राथमिकतामा राखेर दीर्घकालीन समाधानको योजना अघि बढाइने उल्लेख गरे। छलफलपछि किसानहरूले सरकारको प्रतिबद्धता प्रति आशा व्यक्त गरेका छन्।