
सुनसरी जिल्लाको कोशी गाऊँपालिका १ लौकही स्थित भन्सार कार्यालयको अगाडि बाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा लौकहीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गौतमले भारतबाट नेपाल तर्फ आउदै गरेको ३ जना लाई चेक जांच गर्दा लागु औषध ब्राउनसुगर सहित सशस्त्र प्रहरीले ३ जनालाई नियन्त्रण लिएको छ।
भारतीय बजारबाट लुकाएर ल्याएको ब्राउनसुगर जस्तो देखिने पर्दाथ सहित शनिबार ३ जनालाई नियंत्रणमा लिएको सशस्त्र प्रहरीलका इन्स्पेक्टर नारायण गौतमले जानकारी दिनुभयो।
गौतमका अनुसार भारतीय बजारबाट नेपाल तर्फ आएको धरान उपमहानगरपालिका ०९ बस्ने बर्ष २६ का दिपेश रम्तेल र भोक्रहा नर्सिंग गाऊँपालिका ०५ बस्ने बर्ष २६ का रहिस मन्सुरीलाई शंकास्पद फेला पारी चेक जांच गर्दा उनिहरूबाट खैरो हेरोइन जस्तो देखिने पर्दाथ प्लास्टिक सहित तौल गर्दा २. ३९ ग्राम फेला परेको छ पटक पटक इन्स्पेक्टर गौतमले लागु ओषध ब्राउनसुगर पक्राउ गर्दै आएको बताउनुभयो।
यसैगरी फेरी भारतीय बजार बाट नेपाल तर्फ आएका सुनसरी जिल्लाको ईटहरी उपमाहानगपालिका ५ बस्ने बर्ष ३२ का सनम शेरपालाई शंकास्पद अबस्थामा फेला पारी चेक जांच गर्दा खैरो हेरोइन जस्तो देखिने पर्दाथ प्लास्टिक सहित तौल गर्दा १.५३ ग्राम बरामद गरी आबसयक कारबाहीका लागी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ। इन्स्पेक्टर गौतमले जानकारी दिनुभयो