श्रीपुरमा आगलागी हुँदा ६० लाख बराबरको क्षति 

सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नं ६ श्रीपुरस्थित यादवटोलमा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो घुराले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको छ। उक्त घरमा आगलागी हुदा ७ वटा घर र ३ वटा गोठको घर लगाएर जम्मा १० वटा घर जलेर नष्ट भएको स्थानीयले जनाइएको छ ।

जसमा ६० लाख बराबरको क्षति भएको स्थानीय ले जानकारी दिएको छ । स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । र एउटा बाईक र एउटा साइकल जलेर नष्ट भएको हो त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीयवासी,र बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

उक्त आगलागीमा सशस्त्र प्रहरी निरीक्षक जय कुमार महतोका अनुसार पाच वटा पालिकाबाट आएको बारुणयन्त्र कोशी गाउँपालिका रामधुनी नगरपालिका इटहरी उपमहानगरपालिका दुहवी नगरपालिका बराक्षेत्र नगरपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।