कश्मीरमा आतंककारी हमलापछि नेपाल र भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरान

भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलापछि सुनसरी जिल्लाको नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भन्टाबारी लाही श्रीपुर उल्टी र लौकहीका नाकामा पर्ने नेपाल र भारत सीमा क्षेत्रको दश गज्जा ईलाकामा नियमित गस्ती गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको भन्टाबारीका डिएसपी केदार जंग थापाले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए