माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ ।

माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरुको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने छन् ।ने

कपा माओवादी केन्द्रले संसदको अधिवेशन ढिलो बोलाएर विभिन्न अध्यादेश जारी गरेको भन्दै सरकारको आलोचना गर्दै आएको छ