कोसी गाउँपालिका-६ स्थित एक कृषि फार्ममा बर्डफ्लु भेटिएको छ

कोसी गाउँपालिका-६ स्थित एक कृषि फार्ममा बर्डफ्लु भेटिएको छ।

सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु पुष्टि गरेको हो।बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार मन्त्रालयबाट औपचारिक पत्र प्राप्त भएपछि संक्रमण नियन्त्रणका लागि सरोकारवालासँग छलफल भइरहेको छ

कृषि मन्त्रालयले बर्डफ्लु फैलन नदिन फार्मलाई केन्द्र मानेर पूर्वमा ५० मिटर, पश्चिममा २०० मिटर, उत्तरमा १५० मिटर, र दक्षिणमा ३०० मिटरको दूरी तोकी नियन्त्रणका उपाय अपनाउन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार प्रभावित क्षेत्रमा कडा निगरानी राख्ने, फार्ममा रहेका सबै कुखुरा नष्ट गर्ने, संक्रमण अन्यत्र फैलिन नदिन सुरक्षा उपाय अपनाउने र सीमा नाकामा कडाइ गर्दै जाँच बढाउने निर्णय भएको छ।

बैठकपछि जिल्ला प्रशासन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको टोली प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा जाने तयारीमा छ