
सुनसरीका पत्रकार देवराजा यादवले अन्तर्राष्ट्रिय सञ्चार अवार्ड प्राप्त गर्नुभएको छ ।
अपन स्वर्ग नेपाल कला संस्कृति चलचित्र महासङ्घले विभिन्न विधामा नेपाल र भारतका साहित्य, कला र सञ्चार क्षेत्रका व्यक्तिलाई सुनसरी जिल्लाको इनरुवामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा पब्लिक खबर २४ अनलाइन टेलिभिजन र जजन्यूज सुनसरी समाचारदाता देवराजा यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।
सुनसरी जिल्लामा रहेर सञ्चारकर्मबाट समाजमा योगदान गरेको भन्दै यादवलाई सञ्चार अवार्ड प्रदान गरिएको हो ।शनिबार महासङ्घका अध्यक्ष झोटन मेहता र विशेष अतिथि शिवनारायण मेहताले यादवलाई सञ्चार अवार्ड प्रदान गरेका हुन ।
सोही कार्यक्रममा पत्रकार जयकृष्ण यादव, शङ्कर खरेल, लुकमान अन्सारी, रूपेश मोची, सुरेन्द्र कुशवाहालाई समेत अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो ।