केपीएलकाे उपाधि नमुनाकाे कब्जामा 

सुनसरीको भाेक्राहा नरसिंहमा सम्पन्न काेशी प्रिमियर लिगकाे उपाधि नमुना बलाष्टर इटहरीले जितेको छ ।

उपाधिका लागि सनिवार डाक्टर खलिल आजाद क्रिकेट खेलकुद ग्राउन्ड भाेक्राहा नरसिंह ४ मा भएको फाईनल केपीएलमा आयाेजक भाेक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुना बलाष्टर इटहरीले उपाधि चुमेकाे हाे ।

नमुनाले दिएको २०८ रनको लक्ष्यलाई भाेक्राहा नरसिंह आर्नाजले १६९ रनमा सिमित भएपछि नमुनाले उपाधि चुमेकाे हाे । उपाधिसँगै नमुनाले पाँच लाख ५० हजार ५ सय ५५ रूपियाँ नगद , सिल्ड प्रमाणपत्र हात पारेको छ भने उप विजेतामा सिमित भाेक्राहा नरसिंह अर्नाजले तीन लाख ३३ हजार ३ सय ३३ रूपियाँ नगद,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता र उपविजेतालाई प्रमुख अतिथि काेशी प्रदेश पर्यटन ,वन तथा वातावरण मन्त्री सदान्नद मण्डल र भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले नगद, सिल्ड र प्रमाणपत्र हस्तान्तरण गर्नुभयाे ।

उक्त समापन तथा पुरस्कार वितरण समारोहमा विशिष्ट अतिथि राष्ट्रिय क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बाहदुर चन्दले खेलकुदमा आक्रषण बढाउन र स्थानीय स्तरमा खेलाडी उत्पादनमा यसप्रकारका खेलकुदले गर्ने बताउनुभयो ।

कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भन्टाबारीका सशस्त्र प्रहरी नायव उपनिरिक्षक सुमन पाेखरेल, भाेक्राहा नरसिंह गाउँपालिका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो ।