सुनसरीकाे इनरुवामा रामनवमी पर्वमा मोटरसाइकल -याली

सुनसरी जिल्लाकाे इनरुवामा रामनवमीको पावन उपलक्षमा चैत २४ गते आईतवार बिहान ८:३० को समयमा मोटरसाइकल -याली निकाल्ने भएको छ ।

इनरुवाका दर्जनभन्दा बढी संघ संस्थाले संयुक्तरूपमा रामनवमीको पावन उपलक्ष्यमा आईतवार बिहान ८:३० को समयमा मोटरसाइकल -याली निकाल्ने भएको हो ।

श्री रामजानकी गुठी संस्था इनरुवा-४ सुनसरीद्वारा आयोजित छलफलमा महान पर्व रामनवमीको पावन उपलक्ष्यमा मोटरसाइकल -याली निकाल्ने भएकोले सम्पूर्ण रामभक्त ज्युहरुलाई सहभागिताको लागी हार्दिक अनुरोध गरेको सत्य यादवले जानकारी दिनुभयो ।

यादवले दिनुभएको जानकारी अनुसार माेटरसाईकल भेला हुने स्थान: राम जानकी मन्दिर इनरुवा-४ बसचौक रहेको जनाएको छ।

र्यालीमा सहयोगी संस्थाहरुमा ५७ युवा क्लब(५७टोली)इनरुवा, इनरुवा जेसीज, बंजरंग दल सुनसरी , हिन्दु स्वयंसेवक संघ नेपाल,रामजानकी युथ क्लब,थारू कल्याणकारी इनरुवा,सत्यनारायण मन्दिर इनरुवा, उज्ज्वल सुनसरी परिवार रहेको सामाजिक अभियन्ता दिलिपचन्द साहुले जानकारी दिनुभयो