पारस अस्पताल द्वारा हरिनगर अग्नि पीडितलाई निःशुल्क उपचार घोषणा सँगै खाद्यान सामाग्री हस्तान्तरण

हरिनगर गाउँपालिका वडा नं-५ स्थित वसन्तपुरमा साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि पारस अस्पताल द्वारा हरिनगर अग्नि पीडितलाई निःशुल्क उपचार घोषणा सँगै खाद्यान सामाग्री हस्तान्तरण।

पिडित सबै घर परिवारलाई दैनिक चाहिने खाद्यान्न सामग्री प्रत्येक घर परिवारलाईआज घटना स्थल मै पुगी राहत तथा निःशुल्क स्वास्थ्य परिक्षण गरि समेत उपचार गरिएको हो।

पीडित परिवारलाई हौसला प्रदान गर्नु हुनुहुदै पारस अस्पतालका संचालक डा. सफिउर रहमानले सबै पीडित परिवारहरुलाई दुई महिना भित्र जति बिरामी भएमा निःशुल्क उपचार गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो।